‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
nepaltvonline.com · Tue Jun 16 01:02:44 GMT 2026
गण्डकी- ‘आत्मनिर्भर र समुन्नत प्रदेशःसुखी प्रदेशवासी’को दीर्घकालीन सोचसहित गण्डकी प्रदेश सरकारले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकीकरणलाई प्रोत्साहन हुनेगरी सोमबार बजेट ल्याएको छ ।
गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशको आर्थिक–सामाजिक रुपान्तरणका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभयो । प्रदेशमा लगानी आकर्षित गरी आर्थिक विकास र रोजगारी सिजर्नाका लागि ‘मेरो प्रदेशः मेरो दायित्व’ र ‘इन्भेष्ट गण्डकी’लाई अभियानकै रुपमा सञ्चालन गरिने उहाँको भनाइ छ । मन्त्री शेरचनले लगानीमैत्री वातवरण निर्माण गर्न नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)