कृष्णसार पीडित जोताहा किसान त्रासमा
gorkhapatraonline.com · Sat May 23 05:35:05 GMT 2026

बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा ५४ वर्षदेखि बसोबास गर्दै आएका जोताहा किसानहरू अहिले त्रासमा रहेका छन् । २०२८ सालदेखि तत्कालीन गाउँ पञ्चायतको स्वीकृतिमा ऐलानी जग्गा जोतभोग गर्दै आएका ती किसानहरू हाल डोजरले बस्ती भत्काइने हो कि भन्ने डरमा छन् ।
डिभिजन वन कार्यालयले वन क्षेत्रभित्र बसोबास गर्ने सुकुम्बासी हटाउने सूचना जारी गरी विभिन्न स्थानका घरटहरा भत्काउन थालेपछि त्रास फैलिएको हो । बस्ती व्यवस्थापनको आशामा रहेका जोताहा किसानहरू अहिले आफूहरूको घर हटाइने हो कि भन्ने चिन्तामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)