मूल्यवृद्धिमा बिचौलियाको प्रभाव रहेको मन्त्रीद्वारा स्वीकार
shilapatra.com · Tue Jul 07 10:45:00 GMT 2026

राष्ट्रियसभाकाे मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले मूल्यवृद्धिमा बिचौलियाको प्रभाव रहेको स्वीकार गरेकी छिन् । उनले मूल्य विश्लेषण प्रतिवेदनअनुसार सो कुरा बताएकी हुन् ।
मूल्य विश्लेषण प्रतिवेदनअनुसार मुख्यतः लोकल घिउ, सिमी, बोडी, लौका, हरियो फर्सी, काँक्रो आदि तरकारीको मूल्यमा उतारचढाव भएको उनले बताइन् । ‘तरकारी तथा फलफूल मूल्य किसानदेखि उपभोक्तासम्म आइपुग्दा १ महिनामा अस्वाभाविक उतारचढाव हुनुमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तरकारी उत्पादनको अवस्था र बजारको तहअनुसार बिचौलियाको समेत प्रभाव देखिएको प्रतिवेदनको निष्कर्ष छ,’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)