मनसुनी वायू पश्चिम नेपाल नजिकै, देशका केही स्थानमा भारी वर्षा हुने
kendrabindu.com · Tue Sep 08 00:16:30 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)