मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ट्रिप टर्बो र अगोडाबीच साझेदारी : अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने

ictsamachar.com

काठमाडौं । नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म ‘अगोडा’सँग रणनीतिक साझेदारी गरेको छ ।

यस साझेदारीसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामै सहज रूपमा बुकिङ गर्न सक्नेछन् ।

यसबाट नेपाली प्रयोगकर्ताहरूले अगोडाको विश्वव्यापी सञ्जालमा रहेका लाखौँ होटल तथा आवास सुविधाहरूमा सीधा पहुँच पाउनेछन् ।

नेपालमा ५ लाखभन्दा बढी डाउनलोड भइसकेको ‘ट्रिप टर्बो’ र संसारभर ६० लाखभन्दा बढी प्रोपर्टीहरूमा सेवा प्रदान गरिरहेको ‘अगोडा’ बीचको यो सहकार्यले नेपालीहरूको अन्तर्राष्ट्रिय यात्रालाई थप सहज र भरपर्दो बनाउने कम्पनीले विश्वास लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)