प्रधानमन्त्रीको निर्देशनपछि डिडिसीको गुणस्तर सुध्रियो, लापरबाही गर्ने कर्मचारी बर्खास्त
nagariknews.nagariknetwork.com · Tue Jul 07 10:47:34 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी) ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ। डिडिसीले कच्चा दूधको गुणस्तर सुधारका लागि कडाइका साथ मापदण्डको कार्यान्वयन गरेपछि गुणस्तरमा सुधार देखिएको हो।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शङ्कास्पद देखिएका दूधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ भने दूध खरिदमा ‘फ्याट’ र ‘एसएनएफ’ को मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध खरिदलाई प्राथमिकतामा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
बालेन शाह