इस्मामा कुमाल परिवारको घरगोठमा आगलागी
gorkhapatraonline.com · Sat May 23 05:51:40 GMT 2026

गुल्मीको इस्मा गाउँपालिकामा आगलागी हुँदा कुमाल परिवारको बिचल्ली भएको छ । इस्मा गाउँपालिका–३ दर्लामचौरको खासीचौरका लिलाधर कुमाल र लोकबहादुर कुमाल बस्दै आएको घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
शनिबार बिहान करिब ८ बजे परिवारका सदस्य मकै खन्न गएका बेला एक्कासी आगलागी भएको इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुवँरले जानकारी दिनुभयो । आगलागी भएको घरमा लिलाधर र लोकबहादुर कुमालका दुई दाजुभाइ संयुक्त रूपमा बस्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)