पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते
gorkhapatraonline.com · Fri Jun 05 10:30:58 GMT 2026

मेची राजमार्ग अन्तर्गत पाँचथरको भारपा सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको जिपमा चालकसहित १३ जना थिए । उक्त जिप हिलिहाङ गाउँपालिका–६ स्थित चतुरे बजार नजिकै दुर्घटनामा परेको हो। अनियन्त्रित भएको जिप सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)