बेथानचोकमा एक वर्षमै ३७२ किमि सडक मर्मत, कृषि र पशुपालनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक
ratopati.com · Tue Jun 24 20:11:00 GMT 2025

काभ्रेपलाञ्चोक। गत असोज १०, ११ र १२ गते अविरल वर्षापछि गएको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बेथानचोक गाउँपालिकाले एक वर्ष नपुग्दै ३ सय ७२ किलोमिटर सडक मर्मत गरेको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस विषयको जानकारी दिएका हुन् । प्रदेश तथा संघ सरकारसँगको समन्वयमा पूर्वाधार निर्माण कार्य थप अगाडि बढाइने उनले बताए ।
मंगलबार सत्रौं गाउँसभामा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले २०८२र०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । विपद्ले राजश्व सङ्कलनमा कमी ल्याएको र प्रदेश तथा सङ्घीय सरकारबाट प्रतिबद्धताअनुरूप राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदान प्राप्त नभएको हुँदा बेथानचोक सरकार व्यापक बजेट घाटामा रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)