१८०० मिटर उचाइको लुप्राङमा अङ्गुरखेती
onlinekhabar.com · Tue Jun 16 01:40:50 GMT 2026

२ असार, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।
समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेकी हुन् । ‘चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्’, उनले भनिन्, ‘गत वर्ष प्रतिकिलो ४५० देखि ५०० का दरले ३५ हजारको अङ्गुर घरबाटै बेचेको थिए । यसपालि दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)