मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ताप्लेजुङका ९ वटा स्थानीय तहको बजेट चार अर्ब बढी

ratopati.com · Tue Jun 24 21:05:00 GMT 2025

ताप्लेजुङ । ताप्लेजुङका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकमको बजेट प्रस्तुत गरेका छन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिकासहितका यी स्थानीय तहले कूल रु चार अर्ब २२ करोड ३० लाख ५२ हजार ५४५ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

सबैभन्दा बढी बजेट फुङ्लिङ नगरपालिकाले प्रस्तुत गरेको छ । फुङ्लिङ नगरपालिकाले रु ७६ करोड २७ लाख ३३ हजार ३८९ को बजेट पेस गरेको छ । आज आयोजित १८औँ नगर अधिवेशनमा नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाले यो बजेट सार्वजनिक गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)