दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने
barnanmedia.com · Tue Jun 24 21:35:39 GMT 2025

दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिर्ने भएको छ । पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकाबासीको न्यूनतम विद्युत् महसुल तिरिदिने घोषणा गरेको हो ।
पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत् महशुल पालिकाले तिरिदिने भएको हो । “पालिकाबासीको मागका आधारमा यो नीति ल्याएका हौँ, यो लुुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम हो”, अध्यक्ष बस्नेतले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)