'समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन'
barnanmedia.com · Tue Jun 24 21:57:37 GMT 2025

काठमाडौँ, ११ असारः समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ ।
समाचार सामग्री सच्याउने, परिमार्जन गर्ने वा सम्पादन गर्ने अधिकार पत्रकारिता पद्धतिको मूलआत्मा भएको उल्लेख गर्दै सो संगठनले भनेको छ “अदालतले यस्ता स्वायत्त कार्यमा नियन्त्रण गर्ने शैली लोकतान्त्रिक व्यवस्थासँग मेल खान्न । समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास हुनु अभिव्यक्ति स्वतन्त्रताको कुठाराघात हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)