भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
ratopati.com · Sat May 23 06:22:30 GMT 2026

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । यहाँ आयोजित ‘भैरहवा सहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए ।
बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राखे । होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान) का अध्यक्षसमेत रहेका उनले आगामी बजेट तथा कार्यक्रममा भैरहवालाई पर्यटकीय सहरका रूपमा प्राथमिकता दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)