मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको कोइला खानीमा विष्फोट, ८२ जनाको मृत्यु

annapurnapost.com · Sat May 23 06:18:26 GMT 2026

चीन : चीनको एक कोइला खानीमा विष्फोट हुँदा ठूलो हताहती भएको छ । यस दुर्घटनामा करिब ८२ जनाको मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

विष्फोट शुक्रबार स्थानीय समयअनुसार साँझ ७ः२९ बजे भएको थियो, त्यतिबेला खानीमा २४७ मजदुर काम गरिरहेका थिए । घटनास्थलमा उद्धार कार्य जारी छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘शान्सी प्रान्तमा तोंगझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण भएको दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ ।’

दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार भइरहेको र बाँकी मानिसहरूको खोजी कार्य जारी रहेको बताएका छन् । उनले घटनाको कारणको अनुसन्धान गर्न र यसका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाइने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)