मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी

barnanmedia.com · Tue Jun 24 22:33:56 GMT 2025

इरानका राष्ट्रपति मसुद पजशकियानले अमेरिकी सैन्य अड्डामा भएको आक्रमणको एकदिनपछि कतारका अमीर शेख तमीम बिन हमद अल थानीसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले कतारमा रहेको अमेरिकी सैन्य अखडामा गरिएको आक्रमणका लागि माफी मागेका छन् ।

पजशकियानले कतार र त्यहाँका नागरिक आक्रमणको लक्ष्य नभएको बताएका छन् । कतारका तमीमले पनि आक्रमणको आलोचनालाई दोहोर्‍याएका छन् । आफ्नो संप्रभुत्ता र एयरस्पेसका साथै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र चार्टरको घोर उल्लंघन भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)