अल्जेरियासँगको खेल मेसीका लागि विशेष
annapurnapost.com · Tue Jun 16 01:48:58 GMT 2026

काठमाडौं : साविक विजेता अर्जेन्टिनाले बुधबार अल्जेरियासँग खेल्दै विश्वकप उपाधि रक्षा अभियान सुरु गर्दैछ। मिसौरी राज्यस्थित कन्सास रंगशालमा हुने समूह ‘जे’को यो खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे हुनेछ। अर्जेन्टिना इटली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ। अल्जेरियाको लक्ष्य भने आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्नेछ।
यो विश्वकप अर्जेन्टिनाका लागि लगातार १४औं अनुभव हो। लियोनल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहँदै उत्तर अमेरिकाको टिकट काटेको थियो। यो यात्रामा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी ब्राजिललाई ४–१ ले हराएको थियो। अर्जेन्टिनाले १८ खेलमा ३८ अंक जोडेको थियो। कप्तान लियोनल मेसी आठ गोलसहित उच्च गोलकर्ता बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
फिफा
काठमाडौँ