मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्द भएको छैन : इरान

rajdhanidaily.com · Tue Jun 24 23:29:19 GMT 2025

जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्दको कुनै सम्झौता नभएको’ बताएका छन् । यद्यपि, उनले ‘यदि इजरायलले आफ्नो अवैध आक्रमण रोक्यो भने तेहरानको त्यसपछि आफ्नो प्रतिक्रिया जारी राख्ने कुनै आशय नभएको’ पनि प्रस्ट पारेका छन् ।

गत १३ जुनमा इजरायलले आणविक र सैन्य स्थललक्षित इरानविरुद्ध आश्चर्यजनक ‘पूर्वनियोजित’ आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अन्त्यका लागि इजरायलबाट तत्काल कुनै पुष्टि आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षण मिसाइलमार्फत इरान र इजरायलले मंगलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् । मध्यपूर्वी शत्रुबीचको १२ दिने युद्ध ‘आधिकारिक अन्त्य’ हुने अपेक्षा गरिएका बेला पछिल्ला केही घटनाक्रमले केही आशंका जन्माएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)