सिरी ए : लाजियोको लगातार तेस्रो जित
kendrabindu.com · Tue Sep 08 01:10:39 GMT 2026
काठमाडौं । दोस्रो हाफमा पुनराआगमन रचेपछि लाजियोले सोमबार इटालीको सिरी ए मा लगातार तेस्रो जित निकालेको छ र आफ्नो शतप्रतिशत नतिजा कायम राख्न सफल रहेको छ । यसका लागि उसले युडिनेजीलाई २–१ ले हरायो ।
लाजियोसँगै रोमा र इन्टर मिलान इटालीमा सुरुआती तीनै खेल जित्ने तीन टिम रहेका छन् । युडिनेजीले जास्पर कार्लस्ट्रोमको गोलको मदतले ४९ औं मिनेटमा अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)