गण्डकीको बजेटमा के-के छन् ?
hamrakura.com · Thu Jun 16 00:00:00 GMT 2022
पोखरा । गण्डकी प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको छ । बजेटले स्वास्थ्यसंगै कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ । बजेट निर्माण गर्दा नेपालको संविधानमा समाविष्ट मौलिक हक, राज्यका नीति तथा निर्देशक सिद्धान्त, पञ्चवर्षीय योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाका लक्ष्य तथा उद्देश्य, दीगो विकासका लक्ष्य, गण्डकी प्रदेशको मध्यकालीन खर्च संरचना, प्रदेश सरकारको नीति तथा कार्यक्रम राजनीतिक दलले घोषणापत्रमार्फत जनतासमक्ष गरेका प्रतिबद्धतालाई आधार मानिएको छ ।
बजेटमार्फत सरकारले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने उल्लेख गरेको छ । बजेट सार्वजनिक गर्दैै अर्थमन्त्री रामजी प्रसाद बरालले आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेट व्यवस्था गरिएको उल्लेख गरे । उनले गण्डकी प्रदेश भित्रका प्रमुख तालको कनेक्सन ट्रायलको विकास गर्नका लागि स्थानीय तहसंग समन्वय गरिने र त्यसका लागि आवश्यक बजेट छुट्याएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)