युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर
barnanmedia.com · Sat May 23 06:35:04 GMT 2026

युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणी रूसी बन्दरगाहस्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताउनुभएको छ । युएभी (मानव रहित हवाई ड्रोन)को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उहाँले जनाउनु भएको छ ।
उहाँका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनमा आगलागी भएको थियो भने ड्रोनका टुक्रा इन्धन टर्मिनल वरपर पनि खसेका थिए । मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राममार्फत जनाउनु भएको छ । नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)