कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
gorkhapatraonline.com · Tue Jun 16 02:10:54 GMT 2026

कञ्चनपुर,असार २ गते । कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् ।
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को दफा ४ उपदफा (१६) बमोजिम हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं