लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
ratopati.com · Sun Apr 26 19:22:29 GMT 2026

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।
गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गरे । उनीसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला–साहित्यको मूल्यवोध गरेको विराटनगरदेखि आएकी कवि एवं आख्यानकार सीमा आभाषले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)