पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न
ratopati.com · Sun Apr 26 20:22:55 GMT 2026

गण्डकी । पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो साहित्य पर्व– २०८३ सम्पन्न गरिएको छ ।
गीत सङ्गीत र साहित्यका विविध पक्षमा चर्चा गरिएको पर्वमा विभिन्न सत्रहरूमा छलफल गरिएको थियो । पर्वको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटाः पोखराका युग पुरुषहरूको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग छलफल गरेका थिए । यस सत्रमा लोककवि अलिमियाँ, स्वर्गीय जगन्नाथ सिग्देल, स्वर्गीय टेकबहादुर ढेवाजुको योगदानको चर्चा गर्दै आगामी दिनमा युवाले दिन सक्ने योगदानका बारेमा छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)