मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुद्ध हिमालको फेदमा यार्सागुम्बा टिप्न गएका २५ वर्षे प्रकाशको भीरबाट लडेर मृत्यु

hamrakura.com · Sat May 23 00:00:00 GMT 2026

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो ।

बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)