मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियामा अभियन्तामाथि लक्षित आक्रमण, सुरक्षा चुनौती गम्भीर

barnanmedia.com · Sun Apr 26 21:15:01 GMT 2026

इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटनाहरू बढ्दै गएको देखिएको छ । फेब्रुअरीमा सुमात्रा टापुमा अभियन्ता मोहम्मद रोसिदीमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले कारको झ्यालबाट एसिड फ्याँकेपछि उहाँ गम्भीर रूपमा घाइते भएका थिए । एसिडले उहाँका हात, खुट्टा र शरीरका विभिन्न भागमा जलन र चोट पु¥याएको थियो । उहाँका अनुसार आक्रमण निकै पीडादायी थियो र उहाँ तत्कालै एसिड भएको बुझिसकेका थिए । उहाँले यो आक्रमण अवैध खानी र तस्करीविरुद्धको आफ्नो अभियानसँग सम्बन्धित हुन सक्ने आशङ्का गरेका छन्, तर अहिलेसम्म कुनै पक्राउ भएको छैन ।

यस्तै, राजधानी जाकार्तामा मानव अधिकार अभियन्ता आन्द्रिए युनुसमाथि पनि स्कुटरमा आएका व्यक्तिले एसिड फ्याँकेका थिए, जसका कारण उनको एक आँखाको दृष्टि गुम्ने खतरा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)