भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो
nepalnews.com · Fri Jun 05 10:37:07 GMT 2026

नयाँदिल्ली । मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (आरबीआई) ले नीतिगत ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ।
आरबीआईले शुक्रबार छ सदस्यीय मौद्रिक नीति समितिको सर्वसम्मत निर्णयअनुसार बेन्चमार्क रेपो दर ५.२५ प्रतिशतमै कायम राखिएको जनाएको हो। रेपो दर वाणिज्यिक बैंकहरूले आरबीआईबाट ऋण लिँदा लागू हुने प्रमुख ब्याजदर हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)