मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के प्रधानमन्त्री पिँजडामा छन् ?

ekantipur.com · Fri Jan 20 00:50:41 GMT 2023

काठमाडौँ — ‘प्रधानमन्त्री पिँजडामा छन्, त्यस्तो नगर्दिनुहोला,’ सभामुखका लागि आफ्नो दलबाट ईश्वरीदेवी न्यौपानेलाई प्रस्ताव गर्नेक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने, ‘तर कांग्रेसले ढोक्सा थापेको छैन ।’

अघिल्लोपटक यही संसद्मा प्रधानमन्त्रीका लागि विश्वासको मत दिने बेला सरकारलाई समर्थन गरेको कांग्रेसप्रति व्यंग्य गर्दै ओलीले ‘ढोक्सा (ढडिया) थापेको’ बताएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले बिहीबार सभामुखका लागि भने प्रतिस्पर्धा गर्‍यो । यो क्रम राष्ट्रपति निर्वाचनमा पनि जारी रहने संकेत गर्दै शर्माले ढोक्सा थापेको भन्न नमिल्ने तर्क गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)