आठ महिलाको मृत्युदण्ड रोकेको ट्रम्पको दाबी इरानद्वारा खारेज
barnanmedia.com · Sun Apr 26 21:45:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो सम्मानका लागि आठ महिला आन्दोलनकारीको मृत्युदण्डको सजाय रोक्न सहमति जनाएको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले इरानको यो कदमलाई ‘धेरै राम्रो समाचार’ भनेका छन्।
उनले ती आठमध्ये चार महिला तत्काल रिहा हुने र बाँकी चारलाई एक महिनाको जेल सजाय हुने बताएका छन्। अमेरिकी र इजरायली सैन्य कारबाहीका बिच आफूले एकतर्फी युद्धविराम घोषणा गरेको भोलिपल्टै ट्रम्पले इरानी नेतृत्वले आफ्नो अनुरोधलाई स्वीकार गरेको भन्दै धन्यवाद समेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)