युद्धविरामकै बिच लेबनानमा इजरायली आक्रमण: १४ जनाको मृत्यु, ३७ घाइते
ratopati.com · Sun Apr 26 22:34:47 GMT 2026

काठमाडौँ । लेबनान र इजरायलबिच जारी युद्धविरामका बावजुद आइतबार इजरायली सैन्य कारबाहीमा परी लेबनानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमा दुई बालबालिका र दुई महिला समेत रहेका छन् भने ३७ जना घाइते भएका छन् ।
इजरायली रक्षा बलले दक्षिण लेबनानका केही गाउँहरू तत्काल खाली गर्न चेतावनी दिएलगत्तै ‘आर्टिलरी र हवाई’ आक्रमण सुरु गरेको थियो । इजरायलले हिजबुल्लाहका लडाकु र सैन्य स्थलहरूले इजरायली सैनिकमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै सो क्षेत्रलाई लक्षित गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)