चन्द्रमा कसको हो ? ट्रम्पले ‘हाम्रो हो’ भन्दै दाबी गरेपछि उठ्यो स्वामित्वको प्रश्न
barnanmedia.com · Tue Sep 08 01:47:03 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमासम्बन्धी गरेको पछिल्लो दाबीले अन्तरिक्षमा स्वामित्व र अधिकारको पुरानो बहस फेरि सतहमा ल्याएको छ । ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा चन्द्रमाको तस्बिर सार्वजनिक गर्दै त्यसमा ‘चन्द्रमा हाम्रो हो’ भन्ने सन्देश राखेका थिए । तस्बिरमा अमेरिकी झण्डासमेत देखाइएको थियो ।
ट्रम्पको यो अभिव्यक्तिसँगै अर्को रोचक प्रश्न पनि उठेको छ: यदि कुनै देशले चन्द्रमामाथि आफ्नो दाबी गर्न सक्दैन भने मानिसहरूले चन्द्रमाको जमिन किनेको दाबी कसरी गरिरहेका छन् ? विभिन्न कम्पनीले चन्द्रमाको जमिनका नाममा प्रमाणपत्र तथा कथित ‘स्वामित्व’का कागजात बेच्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)