युरोपेली च्याम्पियन्स लिग: लगातार च्याम्पियन बन्ने दौडमा पीएसजी
kendrabindu.com · Tue Sep 08 01:57:34 GMT 2026
पेरिस । युरोपेली च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन यसै साता सुरु हुँदै छ। दुई पटकको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लक्ष्य रहनेछ, लगातार तेस्रोपल्ट उपाधि जित्ने। पीएसजीले गत सिजन बुडापेस्टमा भएको फाइनलमा इंग्लिस प्रतिद्वन्द्वी आर्सनललाई पेनाल्टी शुटआउटमा हराएर सफलतापूर्वक उपाधि रक्षा गरेको थियो।
त्यसको एक वर्षअघि पीएसजीले पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको थियो। लगातार दोस्रोपल्ट उपाधि जितेर लुइस एनरिकेको टिमले आफूलाई प्रतियोगिताको इतिहासकै एक महान टिम साबित गरेको थियो। सन् १९९२ यता आधुनिक च्याम्पियन्स लिग सुरु भएको आधार मान्ने हो भने रियल म्याड्रिडले मात्र लगातार दुईपल्ट च्याम्पियन्स लिग जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)