रेफ्रीको सामूहिक राजीनामा फिर्ता
annapurnapost.com · Fri Dec 03 07:00:00 GMT 2021
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र सामूहिक राजीनामा दिएका १० फिफा रेफ्रीबीच सहमति भएको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र रेफ्री प्रतिनिधिहरूबीच बिहीबार रातिसम्म चलेको छलफलपछि उनीहरू सामूहिक राजीनामा फिर्ता लिएर काममा फर्कन सहमति भएको जनाइएको छ।
छलफलमा रेफ्रीको फिटनेस टेस्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग विश्राम भएको समयमा गर्ने सहमति भएपछि रेफ्रीहरू राजीनामा फिर्ता लिएर मैदान फर्कन तयार भएको एन्फा स्रोतले जनाएको छ। अब शुक्रबारबाट सुरु हुने ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल सञ्चालन गर्न उनीहरू मैदान उत्रिने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)