इरान र न्युजिल्याण्डको खेल बराबरी
baahrakhari.com · Tue Jun 16 03:09:15 GMT 2026
विश्वकपमा इरान र न्युजिल्याण्डको खेल बराबरीमा टुंगिएको छ । समूह जीमा रहेका यी दुई टोलीले २-२ को बराबरी गरेका हुन् ।
न्युजल्याण्डका लागि एलिआ जस्टले २ गोल गरे । उनले सातौँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ५४ मिनेटमा गरे । इरानका लागि रामिन रेजेन्सियाले ३२ मिनेटमा गोल फर्काएका थिए । यस्तै, ६४ औँ मिनेटमा मोहम्मद मोहबीले गोल गरेका थिए । खेल बराबरीमा टुंगिएसँगै दुई टोलीले 1 १-१ अंक बाँडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)