बजेटको आकारसँगै खर्च गर्ने क्षमता बढाउन सुझाव
gorkhapatraonline.com · Tue Jun 16 03:17:28 GMT 2026

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजारको बजेट प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सोमबारको कर्णाली प्रदेश सभा बैठकमा सो बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार अर्थात् २४.३१ प्रतिशत र पुँजीगतर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार अर्थात् ५८.३१ प्रतिशत रहेको जनाइएको छ । यो बजेट अघिल्लो आवको तुलनामा ७.२८ प्रतिशतले बढी हो ।
बजेटमा गुणस्तरीय पूर्वाधार विकास मानव पुँजीको विकास, रोजगारी वृद्धि, प्रविधिमा आधारित कृषि र पर्यटन विकास, लगानी विस्तार, जनमुखी सार्वजनिक प्रशासन, निजी क्षेत्रको सहभागिता र सुशासन तथा विकासमा युवा सहभागितालाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले ल्याएको बजेटप्रति सुर्खेतका विभिन्न क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले विगतको तुलनामा बजेटको आकार बढेसँगै खर्च गर्न सक्ने प्रवृत्ति पनि बढाउनुपर्ने सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)