रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न सुझाव
khabarhub.com · Sat May 23 07:52:42 GMT 2026

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो ।