युद्ध अन्योलताबिच विश्वकप खेलेको इरानले न्यूजिल्यान्डसँग अंक बाँड्यो
annapurnapost.com · Tue Jun 16 03:14:58 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जी को दोस्रो खेलमा इरान र न्यूजिल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा इरान र न्यूजिल्यान्डले २–२ बराबरी खेलेका हुन्।
पहिलो हाफ १–१ बराबरीमा रोकिएको खेल दोस्रो हाफमा पनि १–१ गोल हुँदा बराबरीमा सकिएको हो। न्यूजिल्यान्डका लागि एलिजाह जस्टले पहिलो गोल गरेका हुन्। उनले इरानी पेनाल्टी एरियामा बललाई नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)