संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण
barnanmedia.com · Sat May 23 07:54:21 GMT 2026

लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा नयाँपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ ।
प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रशिक्षणमा सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइ भइरहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)