‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ आज
kendrabindu.com · Tue Jun 16 03:26:59 GMT 2026

काठमाडौँ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज मंगलबार ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ आयोजना हुँदैछ । ललितपुरस्थित ‘द प्लाजा’मा आयोजना हुने एक विशेष समारोहका बीच शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै अब्बल साबित भएका संस्थागत तथा सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरूलाई सम्मान गर्न लागिएको हो ।
शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका देशभरका उत्कृष्ट कलेज तथा विद्यालयहरूलाई यस अवार्डले चिनाउने र उनीहरूको योगदानको कदर गर्ने केन्द्रबिन्दुले लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)