कुमारी बैङ्क पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ। पीसीएएफमा आबद्ध हुँदै बैङ्कले जिम्मेवार बैङ्किङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हरित गृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता जनाएको छ।
पीसीएएफको सदस्य बनेसँगै कुमारी बैङ्कले आफ्ना ऋण तथा लगानीबाट हुने हरित गृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ। यस पहलले बैङ्कको जलवायुसम्बन्धी तथ्याङ्क, जोखिम व्यवस्थापन र दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)