मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

ratopati.com · Fri Jun 05 10:41:49 GMT 2026

मुस्ताङ । नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमद्वारा राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको बृहत् सरसफाइ गरिएको छ । सैनिक उच्चशिखर शिक्षालय कैसाङको आयोजना तथा एक्याप जोमसोमको समन्वयमा मनाङ–मुस्ताङ सीमाना थोरङपासदेखि थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको बृहत् सरसफाइ गरिएको हो।

सैनिक उच्च शिखर शिक्षालयका आयोजनामा उच्च हिमाली तथा तथा दुर्गम पहाडी क्षेत्रमा नेपाली सेनाका जवानहरूलाई हिमाली युद्ध कला तथा विपद् प्रतिकार्य सम्वन्धि तालिम दिने क्रममा मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकीय पदमार्गको सरसफाइ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)