लहानका विद्यालय आइतबार पनि सञ्चालन हुने
onlinekhabar.com · Sat May 23 08:00:29 GMT 2026

९ जेठ, सिरहा । लहान नगरपालिकामा पनि आइतबार विद्यालय सञ्चालन हुने भएका छन् । केन्द्र सरकारले विद्यालयमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि नगरपालिकाले आइतबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख महेश प्रसाद चौधरीले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको निर्णय बमोजिम पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू अब आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुनेछन् । विद्यालय सञ्चालनको समय भने साविककै रहने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)