रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युतको हिसाब गर्न सुझाव
nagariknews.nagariknetwork.com · Sat May 23 08:05:53 GMT 2026

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ। सो बिजुलीको हिसाब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युतको हिसाब गर्न सुझाव दिएको हो।
महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ। सो आयोजनाबाट चार दशमलव ७१ मेगावाट विद्युत उत्पादन भइरहेको छ। आयोजनाका अनुसार विसं २०८० मङ्सिरदेखि नियमित उत्पादन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)