दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एकजनाको शव कैलालीमा भेटियो
baahrakhari.com · Tue Jul 07 13:28:13 GMT 2026

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको सवारी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता चारजनामध्ये एकजनाको शव कैलाली जिल्लामा भेटिएको छ ।
मोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको उनका छोरा रवीन्द्र तिरुवालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)