मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हट्यो मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनको अवरोध

gorkhapatraonline.com · Tue Jun 16 03:40:00 GMT 2026

लमजुङमा निर्माणाधीन मस्र्याङ्दी कोरिडोर २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध १२ वर्षपछि हटेको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीदेखि बेँसीसहर नगरपालिका नगरपालिका–१, उदिपुर सबस्टेसनसम्मको करिब १० किलोमिटर क्षेत्रमा स्थानीयको अवरोधका कारण निर्माणमा बाधा पुगेको थियो । प्रसारण लाइनबाट प्रभावित स्थानीय र आयोजनाबिच जिल्ला प्रशासन कार्यालयमा अवरोध हटाएर निर्माण अघि बढाउने विषयमा १२ बुँदे सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार प्रशासनको रोहबरमा आन्दोलनरत पक्षका तर्फबाट अधिकार मञ्च (एफपिक) लमजुङ र नेपाल विद्युत् प्राधिकरणको मस्र्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाबिच सहमति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)