कति समय लाग्छ कस्मेटिक सर्जरीको परिणाम देखिन? (भिडिओ)
setopati.com · Sat Nov 11 00:24:54 GMT 2023
कस्मेटिक सर्जरी भनेको सौन्दर्यको लागि आफूलाई चित्त नबुझेको भाग मिलाउनु हो। कस्मेटिक सर्जरीअन्तर्गत आँखाको मुन्द्री बनाउने, नाकको सर्जरी, राइनो प्लास्टिक सर्जरी, स्तनको सर्जरी, शरीरको अनावश्यक बोसो घटाउने लगायत पर्छ। जन्मजात कान ठूलो अथवा अगाडि फर्केको हुन्छ। त्यस्तै उमेर अनुसार अनुहारको छाला झोल्लिँदै गयो भने त्यसलाई मिलाउनु पनि पर्छ।
स्तनको आकार धेरै ठूलो भएर कपडा लगाउनै नमिल्ने समेत हुन्छ। बच्चा जन्मिएपछि स्तनपानले गर्दा झोल्लिएको स्तन मिलाउन समेत सकिन्छ। स्तनको कस्मेटिक सर्जरी गरेपछि स्तनपान गर्न मिल्दैन कि भन्ने गरिन्छ तर त्यस्तो केही हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)