रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव
nepalpress.com · Sat May 23 08:15:33 GMT 2026

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो ।
महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ । सो आयोजनाबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । आयोजनाका अनुसार विसं २०८० मङ्सिरदेखि नियमित विद्युत् उत्पादन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)