यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ ३ दिनको मौसम
annapurnapost.com · Tue Sep 08 02:52:19 GMT 2026

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ र भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भाग तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमाको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)