मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनआरटी सेमिफाइनलमा

nayapatrikadaily.com · Fri Feb 16 00:55:00 GMT 2024

जनजनजागृति युवा क्लब सिमरालाई हराउँदै न्युरोड टिम (एनआरटी) छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गतसाता हेटाैँडामा भएको छैटौँ मकवानपुर गोल्डकपमा एनआरटी उपविजेता बनेको थियो । प्रतियोगिताको बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा एनआरटीले जनजागृतिलाई १–० ले निराश पार्दै अन्तिम चारको स्थान पक्का गरेको हो ।

एनआरटीको जितमा मोहित गुरुङले एक मात्र गोल ३१औँ मिनेटमा फ्रिकिकबाट गरेका थिए । खेलमा उनले नै म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ जिते । प्रतिस्पर्धामा दुवै टोलीबाट गोलका लागि प्रयास भएका थिए । जनजागृतिले मध्यान्तरपछि खेलमा सुधार गरेको थियो । यद्यपि बराबरी गोल फर्काउन सकेन । खेलको ७१औँ मिनेटमा जनजागृतिका सेरव तामाङले गोलरक्षक प्रिसोविरुद्ध वान भर्सेस वानको अवस्थामा समेत गोल गर्न चुके । खेलको ८४औँ मिनेटमा जनजागृतिले सहज गोल अवसर खेर फाल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)