फिफा विश्वकप २०२६ : दुई पटक अग्रता बनाउँदा पनि इरानसँग बराबरीमा रोकियो न्युजिल्यान्ड
himalpress.com · Tue Jun 16 03:54:48 GMT 2026

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक खेल पस्किए पनि थप गोल हुन सकेन।
खेलको ८५ औँ मिनेटमा इरानले न्युजिल्यान्डको पेनाल्टी बक्स वरपर लगातार दबाब बढाउँदै गोल गर्ने प्रयास गरेको थियो। सोही क्रममा बल इरानी खेलाडी साइद एजातोललाहीको नियन्त्रणमा पुगेको थियो। उनले डिबक्स बाहिरबाट प्रहार गरेको प्रहार क्रसबारको निकै माथिबाट बाहिरिएपछि इरानले खेलमा अग्रता लिने सुन्दर मौका गुमायो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
फिफा